मानसिक समस्यामा बैदेशिक रोजगारीबाट स्वदेश फर्किने युवा युवती

काठमाडौं, चैत । बैदेशिक रोजगारीबाट स्वदेश फर्किएका अधिकांश युवा युवतीहरुमा मानसिक समस्या देखिएको छ । यो समस्या बढी हुनेमा खाडी मुलुकबाट फर्किने युवा युवती बढी पाइएका छन् । आफुनो नीजि तथा पारिवारिक आर्थिक अवस्था बलियो बनाउने सपना साँचेर विदेश पुगेका युवायुवतीहरु नेपाल एयरपोर्टबाट सोझै लगनखेलस्थित मानसिक अस्पताल पुग्न थालेपछि यस्तो समस्या बाहिर आएको हो । अस्पताल श्रोतका अनुसार खाडी मुलुकबाट फर्किए

यस बर्षको एसएलसी शुरू

काठमाडौं–चैत १८ । यसवर्षको प्रवेशिका अर्थात एसएलसी परीक्षामा आज सुरु भएको छ । परीक्षाको पहिलो दिन विद्यार्थीहरूले आज अंग्रेजी विषयको परीक्षा दिए । यस बर्षको एस एलसीमा ६ लाख १५ हजार ५ सय ५४ परीक्षार्थी सहभागी भएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ र एक्ज्याम्टेडतर्फ १ लाख ५९ हजार ४ सय १७ विद्यार्थी सहभागी हुने छन् ।

एसएलसीमा ६ लाख १५ हजार ५ सय ५३ सहाभागी हुने

कठमाडौं–चैत १४ । आगामी चैत १८ गतेदखि सुरु हुने यस वर्षको प्रवेशिका परीक्षामा ६ लाख १५ हजार ५ सय ५३ परीक्षार्थी सहभागी हुने भएका छन् । यसबर्षदेखि एस एलसीमा ग्रेडिङ स्टिम लागु गरिपछि परिक्षा दिने कुनैपनि विद्यार्थी अनउत्तिर्ण हुने छैन । यस वर्षको परीक्षामा नियमिततर्फ चार लाख ५२ हजार ८ सय ८१ र पुन: परीक्षातर्फ एक लाख ५९ हजार ४ सय १७ विद्यार्थी सहभागी हुनेछन् । त्यसै, प्राविधिकतर्फ तीन हजार २ सय ५५ पर

नक्कली डाक्टर पक्राउ

चैत १३ । केन्द्रीय  अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्र भएका २ जना डाक्टर पक्राउ परेको छ । पक्राउ पर्नेहरुमा रौतहट मतसरी ५ बस्ने ३१ वर्षीय राजिवकुमार झा र बारा बहुअरी ४ बस्ने २९ वर्षीय पृथ्वीनारायण यादव रहेका छन् । प्रमाणपत्र पेश गरेर एमबिबिएस अध्ययन गरी चिकित्सा पेशा अपनाउन मेडिकल काउन्सिलमा चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा दिन आएका झा र यादवलाई केन्द्रीय अनुसन्धान व्यूरोले शनिबार परीक्

विश्व क्षयरोग दिवस मनाइयो

चैत ११ । विश्व क्षयरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । ‘टीबी रोक्न एकजुट हौं’ भन्ने नारासहित आज आज मार्च २४ देशभर विभिन्न संघ संस्थाले जनचेतनामूलक र्‍याली तथा कार्यक्रमहरू  यो दिवस मनाएका हुन् । क्षयरोग ‘माईको–ब्याक्टेरियम–ट्युबरक्लोसिस्’ नामक ब्याक्टेरियाका कारण लाग्ने रोग हो । क्षयरोगका कारण विश्वमा हरेक वर्ष १५ लाखको मृत्यु हुने गरेको छ भने ९० लाख नयाँ क्षयरोगी देखापर

स्वास्थ्य मन्त्रालयद्वारा ९ पदमा ७ सय ७९ जनाका लागि खुल्ला

चैत,५ । स्वास्थ्य मन्त्रालयले ९ पदमा ५ सय ७९ जना स्वास्थ्यकर्मी को लागि  आवेदन माग गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराबाट करार सेवामा राख्ने गर्ने गरी नर्स, अनमी, हेल्थ एसिस्टेन्ट, अहेब, ल्याब असिस्टेन्ट, रेडियोग्राफर लगायतका पदमा आवेदन खुला गरिएको हो । अनमी २ सय ४० जनाका लागि आवेदन खुलेको छ भने १ सय ८० जना हेल्थ असिस्टेन्ट र १ सय ४० जना अहेब माग गरिएको छ । विज्ञापन अनुसार सबै परीक

अटिजम र अभिभावको बुझाई

शंकर चैसिर । ओहो, बाबु बोल्दैन ? सूर्य विनायक लानु न , त्यहाँ लगेपछि त नबोल्ने बच्चा बोल्छ रे, मेरो छोरा नबोल्दा धेरैले मलाई यो सुझाव दिएका थिए । आमाको मन, मैले पनि मेरो छोरालाई सूर्य विनायक लगाएतका विभिन्न मन्दिरमा दर्शन गर्न लगे । तर पनि अहिले पाँच वर्षको उमेरमा पनि मेरो छोराले दोहोरो कुरा गर्न जानेको छैन । शुरुमा त मैले मेरो छोराको नबोल्ने मात्र समस्या होला भनेकी थिए । तर कहाँ हुनु, अरु बच्चा

ब्रेथलाइजर नहुँदा सर्वसाधारणलाई हैरानी

काठमाडौं–चैत २ । हिजोआज ट्राफिक प्रहरी पनि अस्पतालका श्वास–प्रश्वाससम्बन्धी रोग जाँच गर्ने डाक्टर जस्तै बनेका छन् । यदि तपार्इँ बाटोमा सवारी साधन चलाएर साँझपछि यात्रा गर्नुहुन्छ भने मापसे चेकिङमा पर्नु भएकै होला । अनि तपार्इँले त्यो पनि याद गरेको हुनपर्छ, ट्राफिक प्रहरीले मापसे चेकिङ कसरी गर्छन् । हो ट्राफिक प्रहरीले मापसे चेकिङ गर्दा पान, पराग खाएको आफ्ना मुख नजिकै ल्याएर हस्पिटलको डाक्टरले भने ज

सैद्धान्तिक र व्यावहारिक शिक्षाको बीचमा रहेको खाडल नपुरेसम्म दक्ष जनशक्ति निर्माण हुन सक्दैन: शाक्य

विगत २२ वर्षदेखि शिक्षा क्षेत्रमा अनवरत रूपले लागि रहनुभएको छ, दिवस शाक्य । २०३१ साल असार १० गते सुनसरी जिल्लामा जन्मनुभएका शाक्यले माध्यमिक तहसम्मको शिक्षा धरानको श्री शिक्षा सदन माविबाट पूरा गर्नुभएको थियो । एसएलसी परिक्षा उत्तीर्ण भएपछि थप शिक्षाका लागि काठमाडौ उपत्यका छिर्नु भएका शाक्यले इन्टर मिडियट शिक्षा भक्तपुरको नवदुर्गा बहुमुखी क्याम्पसबाट गर्नुभयो । उहाँले स्नातक र स्नातकोत्तर फाइनान्सि

विद्यायलमा शैक्षिक व्यथिति कहिलेसम्म ?

नेपालमा २००७ सालको राजनीतिक परिवर्तन पछि  सबैभन्दा बढी विस्तार भएको शैक्षिक चेतना हो । एउटा पुस्ता जसले आफूले राम्रोस“ग पढ्न पाएन तर आफ्नो छोरा छोरीलाई खाई नखाई भएनी पढाउनुपर्छ भन्ने मान्यता आत्मसाथ गरे । त्यसकारण पनि पछिल्लो समय शिक्षित जनशक्ति बढ्दै गएको छ । आफ्ना सन्तानले शिक्षा आर्जन गर्न गरून, उनीहरूले आफ्ना मातापिता या पुर्खाले झैँ लेखपढ गर्न नजानेकै कारणले जीवनमा ठगिनु भन्ने मान्यता पनि विक