पानीका मुहान सुक्दै जानु हामी सबैका लागि चिन्ताको विषय हो – मन्त्री यादव

काठमाडौँ, ८ माघ : खानेपानीमन्त्री महिन्द्र राय यादवले बर्सातमा मेलम्चीको अभावमा पनि बागमतीसहितका खोलानाला र ढुङ्गेधारामा खेर गइरहेको पानीको अधिकतम सदुपयोग गरी राजधानीवासीलाई बाह्रै महिना खानेपानी उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले राष्ट्रिय गौरवको आयोजना मेलम्चीको पानी हाललाई बाह्रै महिना आपूर्ति गर्न नसकिने भएकाले ढुङ्गेधारासहितका अन्य वैकल्पिक स्रोतको अधिकतम प्रयोग गरी उपत्यकावास

लगानी सम्मेलनमा के लिएर जाँदैछ नेपाल ?

काठमाडौँ, १३ मङ्सिर : हेमन्त जोशी । सरकार तेस्रो लगानी सम्मेलनको तयारीमा जुटेको छ । स्वदेशी, विदेशी लगानीकर्तालाई नेपालका आयोजनामा लगानी आह्वान गर्न आउँदो वैशाख ९ र १० गते काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्ने मिति तय भएको छ । अबको पाँच महिनामा सम्मेलन गर्ने सोच सरकारले बनाइरहँदा त्यसको पूर्वतयारीका काम कति चुस्त हुन्छन् र सोचेअनुरुप उपलब्धि हासिल होला ? भन्नेमा चासो र आशङ्का देखिएको छ ।

सामाजिक सञ्जाल नियमनको आवश्यकता

नेत्र सुबेदी 'प्रयास' काठमाडौँ, ३ मङ्सिर : सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिकाअनुसार ‘सामाजिक सञ्जाल’ भन्नाले इन्टरनेटले उपलब्ध गराएको सुविधा प्रयोग गरी सामाजिक सञ्जाल ‘प्लेटफर्म’ले उपलब्ध गराएको विधिअनुरुप कुनै व्यक्ति, समूह वा संस्थालाई एक अर्कासँग अन्तक्र्रियात्मक सञ्चार गर्न सक्ने सुविधा तथा प्रयोगकर्ताले निर्माण गरेका विषयवस्तु प्रसार गर्ने सुविधासमेत प्रदान गर्ने समूह, ब

संस्मरण : कोरोनाको त्यो साझा पीडा 

विवश डि.सी. कोभिड–१९ विश्वव्यापी महामारीको पहिलो भेरियन्टको प्रभाव पूर्ण रूपमा सेलाउन नपाउँदै पुन: दोश्रो भेरियन्टको प्रभाव पनि तीव्र वेगमा विश्वव्यापी रूपमा फैलिइसकेको थियो । दिनप्रतिदिन संक्रमितहरूको संख्या र मृत्युदर बढ्दै गएपछि २०७८ बैशाख १६ गतेदेखी लागुहुने गरी उपत्यका र देशैभरी दोश्रो लकडाउनको घोषणा भईसकेको थियो । आंशिक र पूर्ण रूपमा महिनौ सम्मको लकडाउन र चरणबद्ध रूपका निशेधाज्ञाहरूले थिलोथ

टिकटकमाथि प्रतिबन्ध : भ्रम र यथार्थ

-मनहरि तिमिल्सिना नेपाल सरकारको गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपश्चात त्यसमाथि राष्ट्रियस्तरमा बहस भइरहेको छ । नेपालजस्तो लोकतान्त्रिक मुलुकका लागि यस्ता बहसहरू स्वभाविक मात्र नभएर स्वागतयोग्य पनि छन् । लोकतन्त्रको सुदृढीकरण र विकासका निम्ति यस्ता बहसहरू भइरहनेछन् र राज्यले खुल्ला हृदयले स्वागत गरिरहनुपर्दछ । यो आलेख टिकटक प्रतिबन्ध गर्नुपर्नाको क

खाडीबाट फर्किनुभएकी कौशिलाको सुझावः “घरेलु कामदार बनेर खाडी नजानू”

बलेवा (बागलुङ), १७ कात्तिक ः सात समुन्द्र पारीको देश, मध्यरात र एक्लो कोठामा सुतिरहेको अवस्थामा कोही पुरुषले आफ्नो मुख थुन्छ । हातभरी कुवेती डलर बोकेको वयस्क पुरुषले भन्छ, ‘तलाईं चाहिएको जति दिन्छु मैले भनेको मान ।’ कौशिला विकले भएभरको बल लगाएर त्यसव्यक्तिसँग प्रतिकार गर्नुभयो । आफूलाई अँठ्याउन खोजेको पुरुषलाई भुइँमा पछार्नुभयो । हतारहतार कोठाको चुकुल लगाउनुभयो र आफूलाई बचाउनुभयो । त्यसपछि स

नेपाल र संयुक्त राष्ट्रसङ्घ : ६५ वर्षदेखि दर्विलो साथ र सहयोग

नारायण न्यौपाने- काठमाडौँ, ११ कातिक । संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा नेपालको ६५ वर्षदेखि दर्विलो साथ र सहयोग रहँदै आएको छ भने नेपालको परराष्ट्र नीतिमा पनि राष्ट्रसङ्घकै बडापत्रको सिद्धान्तलाई सर्वाधिक प्राथमिकता दिइएको छ । नेपालले कुनै गुट वा उपगुटमा संलग्न नभई राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति सेना उपलब्ध गराउने सिलसिलामा संयुक्त राष्ट्रसङ्घको झण्डा मुनि मात्

‘संयुक्त राष्ट्रसङ्घको महासचिवको अन्नपूर्ण आधार शिविर भ्रमण ठूलो गौरवको विषय हो’

वासुदेव पौडेल गण्डकी, ११ कात्तिक । विजया दशमीको टीका लगाएसँगै पदयात्राका लागि पुुगेका पर्यटकका कारण अन्नपूर्ण आधार शिविरको पदमार्गमा अहिले आन्तरिक पर्यटकको लर्को लागेको छ । पदमार्गको अन्तिम गन्तव्य अन्नपूर्ण आधार शिविरका साथै पदमार्गका क्षेत्रका होटल आन्तरिक पर्यटकले खचाखच भरिएका छन ।   विसं २०७२ को भूकम्प, केही वर्षअघि अन्नपूर्ण आधार शिविर पदमार्ग क्षेत्रमा आएको हिमआँधीले पारेको प्रभ

चोक–चोकमा चटपटे

राधिका बुढाथोकी -  स्वादिलो चटपटेले जमुना तामाङको भोक मात्रै मेटाउँदैन । खान नपाउँदा तलतलै लाग्छ । “दिनमा एक पटक नखाई चित्तै बुझ्दैन, तलतल लागिरहन्छ,” उहाँले भन्नुभयो । तामाङ हिजो मङ्गलबार सिन्धुलीको कमलामाई नगरपालिका–५ मधुटार र वडा नं ६ को गैरीबजारलाई जोड्ने पुल छेवैमा रहेको समिरा सुब्बा टिकटिक भाइरल चटपटे पसलमा भेटिनुभएको थियो । जिल्लाको सदरमुकाम सिन्धुलीमाडी क्षेत्रका चोक–चोकमा व्यवसायी

ढिलासुस्तीले थलिए सडक योजना

सन्तोष गौतम : म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत आठ किलोमिटर दूरीको लाम्पाटा–दरवाङ खण्ड २०७८ जेठ महिनामा कालोपत्र गर्ने लक्ष्यसहित २०७६ जेठमा ठेक्का सम्झौता भएको थियो । बिरुवा–क्याराभान जेभीले रु २२ करोड ५७ लाखमा ठेक्का लिएको यो सडकको हालसम्मको भौतिक प्रगति ६९ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–