अयोध्याको झलक दिनेगरी मटिहानीमै राम सीताको मूर्ति

महोत्तरी, ८ माघ : आफ्ना नगरवासीलाई अयोध्याको झलक दिन मटिहानी नगरपालिकाले काठबाट २५ फिट अग्लो श्रीराम र सीताको मूर्ति बनाएको छ । अयोध्याको नवनिर्मित राममन्दिरमा बालस्वरूप श्रीरामको प्रतिमा स्थापित गरेर आज हुने प्राणप्रतिष्ठा कार्यक्रमकै अनुशरण गर्दै उक्त नगरपालिकाले २५ फिट अग्लो काठको मूर्ति (प्रतिमा) तयार गरेको हो । निर्मित प्रतिमा महोत्तरी जिल्लाको मटिहानी–७ स्थित श्री लक्ष्मीनारायण मठ परिसरमा

नेपालमा विदेशी चलचित्रको छायाङ्कन

काठमाडौँ, ४ माघ : कोदारी (अरनिको) राजमार्ग र बाह्रबिसे आसपासको दृश्य झैँ देखिने स्थानको निर्माण (सेट लगाएर) हलिउड चलचित्र ‘आइस रोड–२’ को छायाङ्कन अष्ट्रेलियाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँमा भइरहेको छ । उक्त स्थानको श्रव्यदृश्य सार्वजनिक भएसँगै नेपालको झल्को दिएको प्रतिक्रिया सामाजिक सञ्जालमा छन् । त्योभन्दा बढी उक्त चलचित्रका निर्माता, निर्देशकले ठाउँ नै निर्माण गर्न गरिने खर्चको सट्टा

पशुपतिमा बालाचर्तुदशीको तयारी पूरा

काठमाडौँ, २२ मङ्सिर : पशुपति क्षेत्र विकास कोषले बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार कोषले बालाचर्तुदशीको अवसरमा दीपप्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ । आफ्ना दि

नौमती बाजा बजाउँदै महिला समूह

रेसुङ्गा (गुल्मी), ११ मङ्सिर : गुल्मीको मदाने गाउँपालिका–६ का सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ । नौमती बाजा बजाउनेमध्ये एक उहाँ समूहमा बाजा बजाउँदै हिँड्नुहुन्छ । महिला पनि अगाडि बढ्नुपर्छ भन्ने ध्येयले आफू बाजा बजाउँदै समूहमा हिँड्न थालेको उहाँले बताउनुभयो । “महिला पनि सीप सिकेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “हामी बाजा बजाएर अगाडि बढेका छौँ ।” उहाँ आजभोलि नौमती बाजाको समूहमा बाज

‘पशुपति प्रसाद ३’ निर्माण गरिने

काठमाडौँ, ३ मङ्सिर : ‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको छ । ‘पशुपति प्रसाद २ ः भष्मे डन’पछि निर्माण कम्पनी टुकी आर्ट्सले यसको तेस्रो शृङ्खला ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको हो । निर्देशक दीपेन्द्रकुमार खनालले अपूरा कथा र छाडिएका पात्रलाई पूरा गर्न नयाँ शृङ्खला घोषणा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी अहिले नै चलचित्र बनाउने मनस्थितिमा थिएनौँ । यद्यपि दोस्रो शृङ्खल

कोरोनामा बन्द भएका फिल्म हल खुल्न सकेनन्

कटारी (कटारी), २० कात्तिक : कुनै समय उदयपुरको कटारीस्थित चन्द्र टाकिज हलमा फिल्म हेर्ने दर्शकको व्यवस्थापन गर्न हल सञ्चालकलाई हम्मेहम्मे पथ्र्यो । उदयपुरको पश्चिम क्षेत्र र सिन्धुलीको पूर्वी क्षेत्रका दर्शकहरुको यहाँ भीड लाग्ने गथ्र्यो । करिब तीनदशक यो हलले यस क्षेत्रमा निरन्तर मनोरञ्जन दिलाएको थियो । पछिल्लो समय कोभिड– १९ को सङ्क्रमणका कारण हल बन्द गर्नुपर्ने अवस्था आएपछि बन्द रहेको यो हल सञ्च

कस्तो छ कलाकार प्रकाश घिमिरेको स्वास्थ्य अवस्था ?

पोखरा । गाईलाई घास काट्न जाने क्रममा शुक्रबार लडेर घाईते हुनुभएका प्रकाश घिमिरेको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गएको छ । पोखरा मणिपालस्थित शिक्षण अस्पतालमा उपचाररत घिमिरे विस्तारै मान्छे चिन्ने र केही शब्दहरू बोल्न सक्ने हुनुभएको हो । हस्पिटलको आइसियू कक्षमा रहनुभएका घिमिरेको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ । कलाकार घिमिरेलाई पोखरा महानगरपालिका मेयर धनराज आचार

छड्के २ छ दिनमै हलबाट बाहिरियो

काठमाडौं । चलचित्र छड्केले अनपेक्षित सफलता हासिल गर्न सकेन । चलचित्रको मुख्य भूमिकामा अनमोलक केसी रहेपनि चलचित्रले ठीटलाग्दो व्यपार गरेको हो । असफलतासँगै यो फिल्म एक साता नवित्दै हलहरूबाट बाहिरिएको छ । झण्डै तीन करोड लगानीमा बनेको चलचित्रले करिब ३० लाख मात्र कमाउँदा लगानी समेत डुबेको छ ।

नेपाली चलचित्र ‘प्रेमगन्ज’ भारतमा पनि चल्ने

काठमाडौँ- नेपाली चलचित्र ‘प्रेमगन्ज‘ भारतमा ले पनि प्रदर्शन हुने भएको  छ । चलचित्र चौतारी र ड्रिम्स थिएटर मोशन पिक्चर बीच भएको सम्झौता अनुसार ‘प्रेमगन्ज’ पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, सिक्किम लगाएतका सहरहरुका १०० भन्दा धेरै स्कृनमा एकसाथ प्रदर्शन हुने भएको छ । पहिलो चरणको प्रदर्शन सकारात्मक देखिएमा दोश्रो चरणमा भारतका  अन्य

प्रेमगन्ज’को टिजर कपीराइट फ्रि, धेरै दर्शक ल्याउनेलाई पुरस्कार

काठमाडौँ । चलचित्र ‘प्रेमगन्ज’ले ज्यादाभन्दा ज्यादा दर्शकमाथि पुग्ने भन्दै टिजरलाई कपीराइट फ्रि गर्ने निर्णय गरेको छ । भोलि सार्वजनिक हुने टिजरलाई जोकोहीले पनि आफ्नो माध्यममा राख्न सक्नेछन् । निर्देशक परिच्छेद सेनले फिल्मको टिजर युट्युब, फेसबुक, टिकटक इन्स्टामा निर्धक्क राख्न सकिने जानकारी गराएका छन् । निर्देशक सेनले यसरी राखिएको टिजरमा सर्वाधिक दर्शक ल्याउने तीनै प्लेटफर्मका विजेतालाई पुरस्कार