लागु पदार्थ तस्करी अभियोगमा भियतनाममा १८ जनालाई मृत्युदण्डको सजाय

भियतनाममा लागु पदार्थ तस्करीको आरोपमा दुई दक्षिण कोरियालीसहित १८ जनालाई मृत्युदण्डको फैसला सजाय दिइएको सरकारी मिडियाले बताएको छ । साम्यवादी मुलुक भियतनाममा विश्वमा सबैभन्दा कडा लागु पदार्थसम्बन्धी कानूनहरू छन् र यसको यसको कार्यान्वयन अत्यन्त गोप्य तरिकाले हुन्छ । सरकारी मिडियाअनुसार दक्षिण कोरियाका ६३ वर्षीय पूर्वप्रहरी अधिकारी किम सुन–सिक र अर्का ३० वर्षीय काङ सियोन–होकलाई चार दिनसम्मको सुनुवा

विषाक्त धुवाँका कारण नयाँदिल्लीमा विद्यालय बन्द

विषाक्त धुवाँका कारण भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार विद्यालय बन्द गरिएको छ । विषाक्त धुवाँले नयाँदिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको छ । किसानले जलाएको परालको धुवाँ, सवारी साधनबाट निस्कने धुवाँ र कारखानाको उत्सर्जनले हरेक जाडोयाममा राजधानी नयाँदिल्लीलाई घातक धुवाँले ढाक्छ । अनुगमन गर्ने संस्था आइक्यूएयरका अनुसार शुक्रबार सबैभन्दा खतरनाक पिएम२।५ कणहरूको स्तर विश्व स्वास्थ्

न्युजिल्यान्डका प्रधानमन्त्रीले तीन–दलीय गठबन्धन सरकार बनाउने

शुक्रबार अन्तिम चुनावी परिणाममा पूर्ण बहुमत हासिल गर्न असफल भएपछि न्युजिल्यान्डमा नयाँ प्रधानमन्त्री क्रिस्टोफर लक्सनले तीन–दलीय गठबन्धन सरकार बनाउने बताउनुभएको छ । लक्सनको नेसनल पार्टीले गत महिना भएको निर्वाचनमा कूल एक सय २३ सिटमा ४८ सिट हासिल गरेपछि उहाँलाई सरकार बनाउन अन्य पार्टीको समर्थन आवश्यक परेको छ । एयरलाइन्सका पूर्वकार्यकारी ५३ वर्षीय लक्सनले उदारवादी एसिटी र लोकप्रिय न्युजिल्य

भोजन अभावमा जापानमा भालुको आक्रमणमा रेकर्ड वृद्धि

अप्रिलदेखि अक्टोबरको बीचमा जापानमा भालुको आक्रमणमा परेका मानिसको सङ्ख्या एक सय ८० पुगेको पर्यावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त सङ्ख्या आर्थिक वर्षका आधारमा सबैभन्दा बढी हो । आर्थिक वर्ष २००६ देखि तथ्याङ्क राख्न सुरु गरिएयता अहिलेसम्म यो सबैभन्दा खराब सङ्ख्या भएको मन्त्रालयले बुधबार प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेको छ । आर्थिक वर्ष २०२० मा पछिल्लो उच्च रेकर्ड एक सय ५८ थियो ।

एक महिनामा एक लाख ६५ हजार अफगानीले पाकिस्तान छाडे

इस्लामाबादले १७ लाख अफगानीलाई मुलुक छाड्न वा पक्राउ र निर्वासनको सामना गर्न अल्टिमेटम दिएपछि एक महिनामा एक लाख ६५ हजारभन्दा बढी अफगानी पाकिस्तानबाट भागेको अधिकारीहरूले बिहीबार बताएका छन् । नोभेम्बर १ को समयसीमा नजिक आउनासाथ प्रहरीले अफगानीहरूलाई पक्राउ गरेर हिरासतमा लिनका लागि दर्जनौँ होल्डिङ सेन्टर खोल्न सुरु गरेपछि पछिल्ला केही दिनमा बहुसङ्ख्यक मानिस सीमामा पुगेका छन् । खैबर पख्तुनख्वा प्र

इजरायल–हमास द्वन्द्व सुरु भएयता गाजामा नौ हजारभन्दा बढीको मृत्यु

इजरायल र हमासबीच जारी द्वन्द्व सुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या नौ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले पत्रकार सम्मेलनमा तीन हजार ७६० बालबालिका र दुई हजार ३२६ महिलासहित मृत्यु हुनेको सङ्ख्या नौ हजार ६१ पुगेको र घाइतेको सङ्या ३२ हजार नाघेको जानकारी दिनुभयो । इजरायली सेनाले पछिल्लो २४ घण्टाम

इजराइल–हमास युद्धबारे अमेरिकी अधिकारीहरूसँग वार्ता गर्न साउदी रक्षामन्त्री ह्वाइट हाउस जाने

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनका अधिकारीहरूसँग कुराकानी गर्न साउदी अरबका रक्षामन्त्री खालिद बिन सलमान अल साउद सोमबार ह्वाइट हाउस जाने अपेक्षा गरिएको अमेरिकी समाचार वेबसाइट एक्सियोसलाई उद्धृत गर्दै दि टाइम्स अफ इजराइलले बताएको छ । इजराइल–हमास युद्ध क्षेत्रीय युद्धमा परिणत हुनसक्ने आशङ्काबीच कुराकानी हुन लागेको बताइएको छ । साउदी विदेश मन्त्रालयको एक विज्ञप्तिमा शनिबार साउदी अरेबियाले इजरा

भारतमा प्रार्थना सभामा बम विस्फोट हुँदा एकको मृत्यु

भारतको केरला राज्यस्थित कोच्चीको कालामास्सेरी क्षेत्रमा आइतबार यहोवाका साक्षीहरूको प्रार्थना सभामा भएको थुप्रै विस्फोटमा एक जनाको मृत्यु भएको र कयौँ घाइते भएको प्रहरीले बताएको छ । कालामास्सेरी सीआई विबिन दासका अनुसार पहिलो विस्फोट बिहान ९ बजेतिर भएको थियो र त्यसपछि अर्को एक घन्टामा थुप्रै विस्फोट भयो । अक्टोबर २७ देखि सुरु भएको तीन दिने प्रार्थना सभा आइतबार अन्तिम थियो । अधिकारीहरूका अनुसार विस

सन् २०२३ मा चिनियाँ अर्थतन्त्र ५.२ प्रतिशतले बढ्ने

चालु वर्षमा चीनको कूल ग्राहस्थ उत्पादन (जीडीपी) पाँच दशमलव दुई प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय वित्तीय मञ्च (आईएफएफ) ले २०२४ मा चीनको जीडीपी ५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । चीनको दक्षिणी प्रान्त गुआङ्डोङको ग्वाङ्जाउमा आयोजित आईएफएफको २० वार्षिक बैठकका क्रममा जारी आईएफएफ २०२३ वैश्विक वित्त र विकास प्रतिवेदनअनुसार यो वर्ष वैश्विक विकास दर तीन दशमलव एक प्रतिशतमा अझ स

अफगानिस्तानमा हतियार तथा गोलाबारुद बरामद

प्रहरीले दक्षिणी अफगानिस्तानको उरुजगान प्रान्तमा हातहतियार र गोलाबारुद फेला पारेको प्रान्तीय प्रहरी प्रवक्ता बिलाल उरुजगानीले आइतबार बताउनुभएको छ । उहाँले अवैधरूपमा हतियार र गोलाबारुद राखेको आरोपमा एक जनालाई प्रक्राउ गरेको बताउनुभयो । उहाँका अनुसार प्रान्तको उर्जगान जिल्लामा हालै गरिएको अपरेसनमा फेला परेका हातहतियारमा एकेएमका दुई टुक्रा, चार थान पेस्तोल र हजारौँ गोली समावेश छन् । यस्तै पूर्वी पक