काठमाडौं– फागुन, २९ । देशकै ठुलो राजनितिक दल भएको हिसावले अव काग्रेसको नेतृत्व र काम कारवाही कसरी अघि बढ्ला भनेर सवैमा चासो बढ्नु नौलो होइन । त्यस्तै काग्रेस पार्टी भित्रको गुट उपगुटलाई अन्त्य गर्दै एक ढिका बनाएर लैजानु देउवाका लागि सहज पनि छैन । आफुले जितेको भन्दा पनि जिम्मेवारी पाएको बताउने नवनिर्वाचित सभापति देउवा पार्टी एक ढिका बनाएर ल्यैजानेमा विश्वस्त देखिनुहुन्छ । संविधान कार्यन्वयन र मधेशको समस्या समधान गर्नु ठुलो चुनौति भएकाले यसलाई प्रथामिकताको रुपमा लिएको देउवाको भनाई छ । त्यस्तै देउवा र अन्य पदाधिकारी सामु ७ बर्ष देखि हुन नसकेको नेपाली विद्यार्थी संघको महाधिवेशन पनि गराउनु छ । मधेश प्रति उदासिन बनेको भन्दै काग्रेसको महाधिवेशनको उद्घाटन समारोहमा पाइला समेत नटेकेका मधेशी नेताको असन्तुष्टि सम्बोधन गर्नु काग्रेसको भुमिका अहम देखिन्छ ।