टर्कीमा भएको बम विस्फोटमा ३४ को मृत्यु

एजेन्सी–चैत, १ ।टर्कीको राजधानी अंकारामा सोमबार बिहान भएको कार बम विस्फोटमा ३४ जनाको मृत्यु भएturkey_politicalको छ । अन्काराको किजिले बस्तिस्थित प्रमुख परिवहन केन्द्र नजिक भएको बिस्फटमा ३४ को ज्यान गएको हो भने १ सय २५ जना घाईते भएका छन । अक्टोबर पछिको तेस्रो ठूलो मानिएको यो आक्र्रमण विष्फोटक पदार्थ बोकेको एक कारले बिपरित दिशाबाट आइरहेको बसलाइ ठक्कर दिंदा विष्फोट भएको थियो । टर्कीमाथि आतंकवादी हमलाको आशंकाहरु बढीरहेका बेला यो विस्फोट भएको हो । केही दिनअघि मात्रै टर्की स्थित अमेरिकी दूतावासले सरकारी कार्यालय र भवनहरुमा आतंकवादी हमलाको संभावना बताउादै त्यहााको सरकारलाई सतर्क गराएको थियो ।
यो विस्फोटपछि टर्कीको सरकारले जनताको सुरक्षा गर्न सक्नेमा प्रश्न उठाइएको छ । आइएस र कुर्दिस आतंकवादीहरुको टर्कीमा पछिल्लो दिनमा गतिविधि बढेको भन्दै सरकारको आलोचना भइरहेको छ । यी संगठनहरुले टर्कीको सरकार विरुद्ध गतिविधि बढाइरहेका छन् ।

तपाईको प्रतिक्रिया