के हो मनोसामाजिक अपाङ्गता ?

कुन्दन काफ्ले । चैत, २ । केही अवधि अथवा निश्चित अन्तरालसम्म औषधिको सेवन गरेपछि निको हुने मानसिक समस्या मानसिक रोग हो भने लामो अवधिसम्म अथवा जिवनपर्यन्त निरन्तर औषधिको सेवन गरिहनुपर्ने मानसिक समस्याले मनोसामाजिक अपाङ्तालाई इङगित गर्दछ । मनोसामाजिक अपाङ्गता भएकाहरुमा मानसिक रोगका लक्षणहरु यथावतै रहन्छन् । मानसिक रोग मानसिक विकारहरुका कारण लाग्दछ भन्ने मनोचिकित्सकहरुको बुझाई रहेको देखिन्छ । अपाङ्गता भएकाहरुको अधिकार रक्षाका खातिर तैयार गरिएको सयुंक्त राष्ट्रसंघिय दस्तावेज सि.आर.पि.डीले समेत दीर्घकालिन मानसिक रोगलाई मनोसामाजिक अपाङ्गताको दायरा भित्र समेटेको छ । मनोसामाजिक अपाङ्गता आपंंmैमा परिभाषित वैज्ञानिक एवं मानसिक स्वास्थ्य समस्याको गम्भीर्यता झल्काउन पूर्ण र यथेष्ट सम्भावना बोक्ने भावजन्य सटिक वाक्याश हो । बिभिन्न खालका अवरोधहरुका कारणले गर्दा मन र सामाजिक वातावरणवीचको तारतम्य अथवा समन्वयमा विसंखलता पैदा भई निर्णय हुने असमन्जस्यको उत्कर्ष स्थितिबाट निजात नमिल्दा हुन गएको मानसिक क्षति अथवा मानसिक विचलन र व्यग्रताले ल्याउने परिणम नै मनोसामाजिक अपाङ्गता हो । त्यसैले मनोसामाजिक अपाङ्गता निरोध गर्न औषधि पर्याप्त छैन बरु सामाजिक, आर्थिक, साँस्कृतिक, भौतिक र राजनैतिक इत्यादि वातावरणीय स्वास्थयका बहुपक्षिय मुद्धाहरुको उपचारात्मक सुधारका उपायहरुको अवलम्बनबाट मात्र समस्याको हल अथवा निदान हुन सक्दछ । औषधी मनोसामाजिक अपाङ्गता भएकाहरुका निम्ती जिवनदायी सजिवनी बुटी होइन, न त यो जिवनरक्षक कवच नै हो । औषधि एउटा यस्तो माध्यम वा साधन हो जसले मनोसामाजिक अपाङ्गता भएकाहरुको उर्जा र उर्वरता माथि हमला बोली उनीहरुमा रहेको क्षमता र रुचिको स्तरलाइ नष्ट पार्दछ । यसो हँुदैमा औषधिको प्रयोग सर्वथा व्यर्थ हुन्छ भन्ने पनि छैन । यसको प्रयोगबाट सामान्य मानसिक समस्या भएका केही व्यक्तिहरु निको समेत भएका उदाहरणहरु छन् । तर जटिल र कडा किसिमका मानसिक रोगहरुमा भने दनदन बलेको आगोमा पानीको केही मात्रा पर्दा सो पानिले आगामा घ्यु परेजस्तो प्रतिक्रिया दिए झै कडा प्रकारका मानसिक रोगहरुमा पनि औषधिको मात्र भर पर्दा त्यो रोग बढाउँन सहयोग भूमिका खेल्ने उत्प्रेरक सिद्ध हुन्छ । अथवा मनोसामाजिक अपाङ्गतालाई विद्य्रमान परम्परागत औषधालयको सकुंचित घेरा अथवा दायराबाट मुक्त तुल्याइ त्यसमाथि बहुपंक्षिय अवधारण र फराकिलो दृष्टिकोण विकसित गर्दे लैजानु पर्ने आजको आवश्यक्ता रहेको देखिन्छ ।

्र

तपाईको प्रतिक्रिया