एजेन्सी–चैत,४ । उत्तर कोरियामा भ्रमणका क्रममा पक्राउ परेका अमेरिकी विद्यार्थीलाई त्यहाँको अदालतले १५ वर्षको कडा श्रमको फैसला सुनाएको छ । उत्तर कोरियाली सर्वोच्च अदालतले अमेरिकी विद्यार्थी ओटो वार्मबीयरलाई १५ वर्षको कडा श्रमको फैसला सुनाएको हो । यता, अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियाले गरेको फैसलाको निन्दा गरेको छ । हवाइट हाउसका प्रवक्ता जोस अर्नस्टले अमेरिकी नागरिकलाई प्रयोग गरी उत्तर कोरियाले आºनो राजनीतिक अभिष्ट पूरा गर्न खोजेको आरोप लगाए ।