एजेन्सी– बैशाख । दक्षिण कोरियाली सरकारले भिसा अवधि समाप्त भएर पनि अबैध रुपमा लुकीछिपी बसेका ७० हजार विदेशी कामदारलाई स्वदेश फर्काउने नीति ल्याएको छ ।
सरकारले मार्च ७ देखि आउँदो मे १४ सम्म तीव्र धरपकड गर्ने योजना सहितको नीति सार्वजनिक गरेको हो । यसका लागि अध्यागमन विभागका कर्मचारीहरुले विभिन्न औद्योगिक क्षेत्रहरुमा छापा मार्ने र बस टर्मिनल तथा ट्रेन स्टेनहरुमा विदेशी कामदारको परिचय पत्र परीक्षण गर्न काम सुरु गरिसकेका छन् ।
सरकारले अवैध कामदार पक्राउ गर्न प्रहरीलाई अधिकार समेत प्रत्यायोजन गरेको छ । यस अघि प्रहरीलाई अवैधानिक कामदार पक्राउ गर्ने अधिकार थिएन । धरपकडमा नेपाली पनि परेका छन् । ससान, अन्सान, ओसान र सुवन क्षेत्रबाट नेपाली कामदार पक्राउ परेको बताइएको छ ।
अबैध रुपमा बसेका नेपाली कामदार समेत पक्राउ परेपनि संख्या यकिन हुन सकेको छैन ।