जिग्मे छ्योकी घिसिङ, एउटा अनौँठो बाल प्रतिभा

jigme2काठमाडौं–बैशाख । प्रतिभालाई कुनैपनि कुराले छेक्दैन भन्ने एउटा गतिलो उदाहरण हुन, जिग्मे छ्योकी घिसिङ । वि.सं.२०६५ साल मंसिर १५ गते माता बसन्ती लामा र पिता रामकाजी घिसिङको पहिलो सन्तानका रुपमा जिग्मे छ्योकीको जन्म भएको हो । काठमाडौंको भगवानपाउमै जन्मिएकी यी ७ बर्षिय प्रतिभा आफ्नो स्थायी घर दोलखा दुधपोखरी पुगेकी छैनन । स्वयम्भु भगवानपाउ–१५ मा रहेको अरुणोदया एकेडेमीमा कक्षा ४ मा अध्ययनरत जिग्मे छ्योकी घिसिङ कलिलो उमेरमै गायन प्रतिभाका कारण संगीत प्रेमीको रोजाइमा पर्न थालेकी छन् । jigme 3
४ बर्षे कलिलो उमेरदेखि नै गीत गुन्गुनाउन सुरु गरेकी जिग्मे छ्योकी आफ्नो पहिलो गायन “तिम्ले बाटो फेरेउ अरे” गितको किट भर्सनबाट चर्चाको केन्द्र बनेकी हुन । थुप्रै स्वदेशगान, राष्ट्रिय गान तथा आधुनिक गीतमा मिठासयुक्त स्वर दिन सक्न यी बाल प्रतिभाले थुप्रै हिन्दी तथा अंग्रेजी गीतमा स्वर भर्न सक्छिन । तामाङ भाषाका गीतहरु समेत गाउन थालेकी यीनले “गादेनोवा मुग्याम तोजलानीदिनि, फ्याङ्सी थुर्बा रहरताम”बोलको चन्द्रकुमार दोङको तामाङ भाषाको गीतमा स्वर भरेकी छिन । बाबा छोरी शिर्षकको “बाबा मेरो बाबा, छोरी प्यारी छोरी” बोलको गीतमा समेत मिठो स्वर दिएकी प्रतिभावान बाल गायिका गीत गाउन लगाउँदा “जहाँ छन बुद्धका आँखा” बोलको गीतबाट आफ्नो गायन प्रतिभा सुरु गर्छिन । उनको सबैभन्दा मन पर्ने गीत पनि यही हो ।
jigme6पोखरास्थित दिपेन्द्र रंगशालामा भएको सुरताल सिजन–२ मा सहभागी भई चौथो बन्न सफल जिग्मे छ्योकी सुरताल जुनियर आइडलमा एक महिना अघि छनौंट भइसकेकी छन् । उनी अहिले दोश्रो चरणको तयारीमा रहेको बताउँछिन । जिग्मे छ्योकीको गायन क्षमता अत्यन्तै निखारिएको छ । उनको स्वर र गायन कलालाई प्रशंसा गर्नेमा दर्शक, स्रोता मात्रै होइन, उनका गुरुहरु पनि कन्जुस्यायी गर्दैनन । ७ वर्षिया गायिका छ्योकीले दर्पण राईसँगको भेट जुराएर आफ्नो प्रतिभा बाहिर ल्याउन सहयोग गरेकोमा मामा गणेश बज्र लामालाई बिशेष आभार प्रकट गरिन । गायक राजेश पायल राई र गायिका मेलिना राईलाई बारम्बार सम्झन रुचाउने घिसिङको मनपर्ने गायक भने भक्तराज आर्चाय हुन । jigme1
गायन बाहेक डान्स, चीत्रकला, बाध्यबाजनमा रुची राख्ने उनी घुमघाममा निस्कन रुचाउँछिन । परिवारले डाक्टर बनाउने सपना सजाएपनि बाल गायिका जिग्मे छ्योकी एउटा राम्रो र सफल गायिका बन्ने लक्ष्य भएको बताउँछिन । हुनत, गायन मात्रैमा होइन, यीनको क्षमता पढाइमा पनि अब्बल खालको छ । अहिलेसम्म दोश्रो हुन नजानेकी छ्योकी सधै प्रथम हुनेगरेको आमा बसन्ती लामा बताउनुहुन्छ । छोरीको क्षमताबाट सन्तुष्ट भएको बताउने लामा प्रतिभालाई अझ दरिलो बनाउन सकिनसकी छोरीले मागेको कुराहरु उपलब्ध गराउने गरेको बताउनुहुन्छ । पारिवारीक आम्दानीबाट जीवन गुजारा र सन्तानको शिक्षा दिक्षामा समस्या भएपछि छ्योकीका बुबा अहिले बैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा हुनुहुन्छ ।

jigme5सार्वजनिक सञ्जालमा भइरल बनेको यीनको गीत “तिम्ले बाटो फेरेउ अरे” अहिले युवायुवती, बुढापाका सबैले गुन्गुनाउने गीत बनेको छ । लाखौं संगीतप्रेमिले मन पराएको यो गीतले सार्वजनीक गराएकी यी प्रतिभाकी धनि घिसिङ परिवारकी सदस्य मात्रै होइनन, राष्ट्रको प्रतिभा हुन । यसर्थ उनको क्षमताको कदर गर्दै अझ प्रतिभावान बनाउने तर्फ हामि सबैले आ–आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्छ । यी बालगायिका, गायन प्रतिभाकी धनि जिग्मे छ्योकी घिसिङ आइतबारे अरुणोदया एकेडेमी स्वयम्भु भगवानपाउ–१५ आयोजीत कन्सर्टको समेत आकर्षण हुन ।

तपाईको प्रतिक्रिया