जापानमा रहेका सोनी र टोयोटा उद्योगले पुनःउत्पादन थाले

एजेन्सी– वैशाख २१ । सोनी र टोयोटा कम्पनीले जापानको दक्षिणपश्चिमी द्वीप क्युसुमा दुई हप्ताअघि गएको भूकम्पका कारण बन्द गरेका उत्पादनको काम पुनः सुरु गरेका छन् ।
जापानमा रहेको यी दुई बहुराष्ट्रिय कम्पनीले भूकम्पका कारण आफ्ना उद्योगको उत्पादन बन्द गरेकोमा केही दिनअघिबाट सुरु गरिएको जनाएका हुन । दुई हप्ताअघि ६.४ रिक्टर स्केलको भूकम्प जाँदा परेको असरलाई कारण देखाउँदै जापानका दुई ठूला कम्पनी सोनी र टोयोटाले उत्पादन बन्द गरेका थिए ।

भूकम्पबाट उत्पादन प्लान्टमा क्षति नपुगेपनि यातायात, बिजुली र अन्य कच्चा पदार्थहरुको आपूर्तीमा समस्या भएपछि उत्पादन रोकिएको दाबी कम्पनीको छ । तर कम्पनीको उत्पादन यसअघि पूरै बन्द नभई केही समय बजार मात्रै सुचारु नभएको बताइएको छ । हुनत, सो क्षेत्रमा भूकम्पका कारण कैयौं कम्पनीमा क्षति पुगेको बताइएको छ । कैयौं पूर्वाधार भत्किएका छन् भने अरु केही स्टील तथा अन्य धातुका कम्पनीहरुमा क्षति पुगेको थियो ।

दक्षिणपश्चिमी द्वीप क्युसु क्षेत्रमा मित्सुबिसी, होन्डा र अरु बहुराष्ट्रिय कम्पनीले समेत केही दिनका लागि उत्पादन बन्द गराएका थिए ।

तपाईको प्रतिक्रिया