नाटक मनोवेदनाको मञ्चन सकियो

काठमाडौं–बैशाख २७ । बैशाख ११ गतेबाट ख्वापानाट्यशालामा मञ्चन भईरहेको नाटक मनोवेदना सकिएको छ । उत्त नाटक मञ्चनको अन्तिम हप्ता आफैंले लेखेको नाटक हेर्न पुगेका बरिष्ठ नाट्यकर्मी आफैले लेखेको नाटक हेर्दै आासु खसाएका थिए । मल्लद्धारा लिखित यो नाटक धेरै बर्ष पछि मञ्चन भएको हो । निर्देशक भोला अधिकारीले राम्रोसँग नाटक प्रस्तुत गर्नु भएको रहेछ भन्दै प्रचण्डले दर्शकसँग खुशी साटेका थिए । मल्लद्धारा लि1234खित ऐतिहासिक तथा नारी प्रधान नाटक “मनोवेदना” बैशाख ११ बाट शुरु भएर २५ गते समाप्त भएको हो । नाटकलाई दर्शकले निकै मन पराएका थिए ।

भोलाले आफ्नो नाटकलाई न्याय गरेका कारण अर्को नाटक लेखिदिने स्टेजबाटै प्रचण्डले उद्घोष गरिदिए पछि निर्देशक भोला अधिकारी खुसीले फुरुङ्ग परेका छन् । जव स्टेजमा पुगेर मकवानपुरकी राजकुमारी इन्द्रकुमारी आफ्नो मनोवेदना पोख्न थाल्छिन तव दर्शकका आँखा रसाउँन थालेका देखिन्थे । इन्द्र कुमारीले आफु विवाहित भएर नि पतिको घर जान नपाएको र माइतैमा बस्नु परेको व्यथा जव रुदै भन्न थालिन,तव उन्लाई हेर्न गएका दर्शक नि मन थाम्न नसकेर रुदै गरेका भेटिन्थे । नाटकमा इन्द्रकुमारीको विवाह भए देखिको कुरालाई प्रस्तुत गरिएको छ । नाटकमा उन्का जीवनमा घटेका घटनालाई मार्मिक तरिकाले प्रस्तुत गरिएको छ । शहर भन्दा अलिक टाढा रहेको ख्वापा नाट्यशालामा नाटक हेर्न सबै सो मा हाउस फुल भएको थियो । जोरपाटी नयाँबस्तीको सर्वेश्वर महादेव मन्दिरसँगै रहेको ख्वापा नाट्यशालामा करिव एक महिना देखी उत्त नाटकलाई कलाकारहरुले रिहर्सल गरेर मञ्चनमा ल्याएका हुन् । ऐतिहासिक नाटक भएका कारण पनि उत्त नाटक प्रस्तुत गर्नु निकै गाह्रो कुरा हो । यसै गाह्रो कुरालाई सहज रुपमा अभ्यास गराएर प्रस्तुत गर्न सके निर्देशक् भोला अधिकारी भने । २०५७ सालमा वगर भन्ने पत्रिकाले उत्कृष्ट नाटकका रुपमा छापेको थियो । उत्त ऐतिहासिक नाटकलाई भोला अधिकारीले रिहर्सल गराई रहेका छन् । लामो समय देखी नाटकमा अभिनय गर्दै आएका भोला अधिकारी यसै नाटकबाट निर्देशनमा डेव्यु गरेका छन् । सामाजिक तथा ऐतिहासिक विषयका विद्यार्थीले हेर्नै पर्ने नाटक हो । हामीले सुन्दै र पढ्दै आएको ऐतिहासिक नाटकलाई मञ्चमा उतारिएको भोलाले बताए । यस नाटकमा १७९४ साल तिरको परिवेशलाई समेटिएको छ । पृथ्वी नारायण शाहले एकिकरणको वेलामा मकवानपुर राज्यकी राजकुमारी इन्द्र कुमारी सेनसँग विवाह गरे । तर राजा हेमकर्ण सेनले विवाह भएकी छोरीलाई पृथ्वी नारायण शाह अर्थात ज्वाईलाईसाथ लगाएर पठाउन सकेनन् । गोरखाका राजा पृथ्वी नारायण शाह वेहुली नलिई रित्तै फर्केका थिए ।

दुलही भएर नि दुलाहको घर जान नपाएकी इन्द्र कुमारीको पिडालाई यस नाटकमा प्रस्तुत गरिएको छ । ऐतिहासिक यस नाटकमा उमा तामाङ,प्रदिप खड्गी, प्रदिप नेपाल,दिपु माया तामाङ,सुमित्रा मगर,अर्जुन बोहोरा,शिवानी बोहोरा,सविना श्रेष्ठ,सुशान्त तामाङ, बावु लामा,दिक्षा तामाङ,रोशनी सापकोटा,संझना मगर,देव क्षेत्री,सचिन कंडेल ,प्रतिक खड्का,भोला अधिकारी लगाएत कलाकारको अभिनय रहने छ । अव चाडैँ अर्काे नाटकको तयारीमा पनि जुटेको कलाकार प्रदिप नेपालले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया