राष्ट्रब्यापी खुल्ला बक्सिङ प्रतियोगिता हुने

काठमाडौं–बैशाख ३१ । राष्ट्रब्यापी खुल्ला बक्सिङ प्रतियोगिता एवम् प्रथम राष्ट्रब्यापी जुनियर नोभिस बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । ललितपुर जिल्ला बक्सिङ संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो । असार ७ गतेदेखि ११ गतेसम्म ललितपुरमा आयोजना हुने प्रतियोगितामा देशभरका ४ सय भन्दा बढि खेलाडीले भाग लिने छन् । २६ जिल्ला र तीन विभागीय टोलीसहित ३७ वटा टोलीको प्रतियोगितामा सहभागि रहने छ । पुरुष १०, महिला ७ र नयाँ नोभिसका ७ तौल समूह गरी २४ तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ । प्रत्येक समूहका प्रथम, दितीय र तृतीय हुने दुई/दुई जनाले क्रमश: ५ हजार, तीन हजार र एक हजार नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन् ।

तपाईको प्रतिक्रिया