एजेन्सी–जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोसँग अब जवाफी कारबाहीको विकल्प नहुँने बताउनुभएको छ ।
युरोपमा अमेरिकी मिसाइल शील्ड कार्यक्रम रुसको सुरक्षामा सिधा खतरा हुँने भन्दै राष्ट्रपति पुटिनले रोमानिया र पोल्याण्ड आक्रमणको निशानामा रहेको चेतावनी दिनुभएको हो । अमेरिकाले केही मिसाइल रोमानिया र पोल्याण्डमा तैनाथ गर्ने तयारि गर्दैगर्दा रुसी राष्ट्रपति पुटिनको यस्तो प्रतिक्रिया आएको हो ।
ग्रीसका प्रधानमन्त्री अलेक्सिस सिप्राससँगको संयुक्त पत्रकार सम्मेलनमा पुटिनले रोमानिया र पोल्याण्डलाई सचेत रहन आग्रह गर्दै आफ्नो सुरक्षाका लागि आवश्यक कदम चल्न बाध्य हुने बताउनुभएको हो ।
पुटिनले भन्नुभएको छ–रुसले आक्रमणको सुरुवात गरिरहेको छैन, केबल वाशिङ्गटनले चालेको कदमको जवाफ हो । उहाँले छिमेकीको क्षेत्रमा रकेट नदेख्दासम्म कुनै कारबाही नगर्ने भन्दै अमेरीकी कदमको सहयोगमा लागे ठूलो मूल्य चुकाउन तयार रहनुपर्ने चेतावनी दिनुभएको छ ।