इन्सु राईको ‘नेपाल सुरक्षित’ भन्ने डकुमेन्ट्री सार्वजनिक

fo insu paryatan (1)काठमाडौं,असार  । गायक एवं ट्रेकिङ तथा माऊन्टेन गाइड इन्सु राइको‘पर्यटनका लागि नेपाल सुरक्षित छ’ भन्ने डकुमेन्ट्री फिल्म सार्वजनिक गरिएको छ ।
१२ बैशाख २०७२ मा आएको महाभूकम्प पछि खस्किएको नेपाली पर्यटन क्षेत्र सुरक्षित छ भन्ने मूल संदेश डकुमेन्ट्रीमा भएको राईले बताए ।
राइले भूकम्प पछि गत कार्तिकमा मेरा पिकको ६४७१ मिटर उचाईमा ‘लाईभ साागीतिक कन्सर्ट’ गरेका थिए ।
उक्त डकुमेन्ट्री फिल्ममा मेरा पिकमा आरोहण पछि खिचिएका मनोरम दृष्य र पत्ताले डााडाका नयाा आकर्षणहरु समावेश गरिएको उनले जानकारी दिए ।
पत्ताले डााडा पुग्न राजधानी काठमाडौंबाट कबिर ७ घन्टा लाग्छ । सोलुखुम्बु र ओखलढुंगा जिल्लाको सिमानामा रहेको सुन्दर पत्ताले डााडाको उचाई ३२०० मिटर छ । त्यहााबाट सगरमाथा, मकालु ,ल्होत्से लगायतका विभिन्न हिम श्रृखंलाहरुको मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ ।
पत्ताले डााडा नयाा पर्यटकिय क्षेत्र बन्न सक्छ भनि प्रचार– प्रसार गर्नु पनि डकुमेन्ट्रीको उदेश्य रहेको राईले उल्लेख गरे ।
डकुमेन्ट्रीमा निर्देशन,उद्घोषण,गीत, छायांकन राईको छ भने तथा गायीका इन्दिरा जोशीले शिर्ष गीतमा साथ दिएकी छिन् । डकुमेन्ट्रीको सम्पादन भने अनिल कुमार महर्जनले गरेका हुन् ।
माउन्टेनीयरिङ्ग कल्चर एक्सपिडिसन नेपालले उक्त डकुमेन्ट्री बजारमा ल्याएको हो ।

तपाईको प्रतिक्रिया