यूरो कप क्वार्टरफाइनल बिहिबारबाट

copa footbalएजेन्सी–असार । यूरो कपको क्वाटरफाइनल खेल बिहिबारबाट सुरु हुँदैछ । फ्रान्समा जारी युरो कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पुरा भएपछि बिहिबारबाट अन्तिम आठमा पुगेका टीमबीच प्रतिस्पर्धा हुन लागेको हो ।

मंगलबार सम्पन्न प्री–क्वार्टरफाइनलको अन्तिम खेलमा इटली र आइसल्याण्डको विजयीसँगै क्वाटरफाइनल समीकरण पूरा भएको थियो । बिहीबारदेखि सुरु हुने क्वार्टरफाइनलमा पोल्याण्ड र पोर्चुगल, वेल्स र बेल्जियम, जर्मनी र इटली तथा आयोजक फ्रान्स र आइसल्याण्ड भिड्ने छन् ।

वेल्स्, पोल्याण्ड र आइसल्याण्ड पहिलो पटक युरो कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् । वेल्स् र आइसल्याण्ड भने युरो कप फुटबलको डेब्यू संस्करणमा नै क्वार्टरफाइनलमा पुग्न सफल भए । सोमबार राति स्टेड डी फ्रान्समा भएको खेलमा साविक विजेता स्पेनलाई दुई–शून्य गोलअन्तरले हराउँदै इटली क्वाटरफाइनल प्रवेश गरेको थियो । सोमबार नै भएको अन्तिम प्री–क्वार्टरफाइनलमा आइसल्याण्डले इतिहास रच्दै इंग्ल्याण्डलाई पराजित गरेको थियो ।

यता, जर्मनीले स्लोभाकिया, बेल्जियमले हंगेरी, पोर्चुगलले क्रोएसिया, वेल्स्ले उत्तरी आयरल्याण्ड, पोल्याण्डले स्वीजरल्याण्ड र आयोजक फ्रान्सले आयरल्याण्डलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।

तपाईको प्रतिक्रिया