महिला राष्ट्रिय क्रिकेट शनिबारबाट, तयारी पूरा

काठमाडौं–साउन । महिला राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिताको तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषदले पत्रकार सम्मेलन गरि काठमाडौंमा शनिबारबाट चार दिनसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।

vlcsnap-2016-07-22-20h27m19s190टी–२० फर्म्याटमा सञ्चालन हुने प्रतियोगितामा पाँच विकास क्षेत्र र शसस्त्र प्रहरी बलको महिला टोलीसहित ६ टिमले सहभागिता जनाउने छन् । अक्टोबर ९–१५ सम्म हङकङमा हुने आइसिसी महिला विश्वकप छनोटमा सहभागिता जनाउने सिनियर राष्ट्रिय महिला टिम छनोटका लागि यो प्रतियोगिता हुन लागेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगिताको लिग चरण दुई समूहमा विभाजन गरी खेलाइने छ । लिग चरणको खेलमा प्रत्येक समूहबाट शीर्ष एक–एक टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । विजेता टिमलाई एक लाख र उपविजेताले ५० हजार रुपैयाँसहित प्रमाणपत्र, शिल्ड र मेडल पाउनेछन् ।

उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्स वुमन, उत्कृष्ट बलर र उदयमान खेलाडीलगायतका विधामा पनि पुरस्कार दिइने आयोजकले जनाएको छ । राखेपबाट गठित क्रिकेट समन्वय समितिले संयोजन गर्ने प्रतियोगिताको लागत २० लाख रुपैयाँ अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया