साउन, २६ । ओलम्पिकका लागि बिदाइको बेला जुडो खेलाडी फुपुल्हामु खत्रीले पूरा समय म्याटमा टिक्ने लक्ष्य लिएको बताए अनुरूप हुनी म्याटमा टिक्न सफल भइन् । ब्राजिलमा मंगलबार सागकी स्वर्ण विजेता फुपुले तोकिएको ४ मिनेट क्युबाकी इस्पिनोसा मारिसेटसाग
प्रतिस्पर्धा गर्दै ओलम्पिक लक्ष्य पूरा गरेकी छन् । पूरा समय विपक्षीलाई चुनौती दिएकी फुपुले नेपाली जुडोमा कीर्तिमानी प्रदर्शनसमेत गरिन् ।
यसअघि ओलम्पिकमा नेपाली जुडो खेलाडी पूरा समय म्याटमा टिक्न सकेका थिएनन् । तर फुपु पूरा समय टिकेर कीर्तिमानी प्रदर्शन गर्न सफल भइन् । जुडोबाट ओलम्पिक खेल्ने फुपु नेपालकी चौथो खेलाडी हुन् । यसअघि सन् १९८८ मा भएको २४ औं सोल ओलम्पिकमा गंगाबहादुर डंगोल र ऋषिराम प्रधानले प्रतिस्पर्धा गरेका थिए । २००८ मा देवु थापाले बेइजिङमा भएको ओलम्पिकमा प्रतिस्पर्धा गरेकी थिइन् । ब्राजिलमा देवु उनै फुपुको प्रशिक्षकमा छिन् ।