साउन २८ । अमेरिका ब्राजिलमा जारी को मेडल तालिकामा शीर्ष स्थानमा कायमै रहेको छ । शनिबारदेखि सुरु भएको रियो ओलम्पिकमा अहिलेसम्म अमेरिकाले ११ स्वर्ण, ११ रजत र १० कास्य गरी कुल ३२ पदक जित्न सफल भएको छ । अमेरिकाले ८ स्वर्ण पौडी तथा सुटिङ, साइक्लिङ रोड र आर्टिस्टिक जिम्यास्टिकबाट समान एक–एक स्वर्ण जितेको छ । त्यस्तै, चीनले १० स्वर्ण, ५ रजत र ८ कास्य गरी कुल २३ पदक जित्दै तालिकाको दोस्रो स्थानमा रहेको छ ।
चीनले भारोत्तोलनमा चार ड्राइभिङमा तीन तथा टेबलटेनिस, पौडी र सुटिङमा समान एक–एक स्वर्ण जितेको छ । जापानले ६ स्वर्ण, एक रजत र ११ कास्य गरी कुल १८ पदक जित्दै तेस्रो स्थानमा उक्लिएको छ । ५ स्वर्ण, २ रजत र ५ कास्य पदक जितेको अष्ट्रेलिया चौथो स्थानमा रहेको छ ।
समान ५ स्वर्ण जितेको हंगेरी पदक संख्याको आधारमा पाचौं स्थानमा छ । त्यस्तै, रुस र उत्तर कोरियाले समान चार–चार स्वर्ण जितेका छन् । त्यस्तै, इटालीले तीन स्वर्ण, चार रजत र दुई कास्य पदक गरी कुल ९ पदक जितेको छ भने इंग्ल्याण्डले पनि समान तीन स्वर्ण पदक जितेको छ ।
यता, फ्रान्स र थाइल्याण्ड र काजस्तानले भने समान दुई–दुई स्वर्ण पदक जितेका छन् । त्यस्तै, आयोजक ब्राजिलले भने सोचेअनुसार प्रदर्शन गर्न सकिरहेको छैन । ब्राजिलले अहिलेसम्म एक स्वर्ण र एक रजत गरी दुई पदक मात्र जित्न सफल भएको छ । त्यस्तै, स्वीडेन, चाइनिज ताइपे, अर्जेन्टिना, बेल्जियम, कोलम्विया, कोसोभो, नेदरल्याण्ड, जर्मनी, क्रोएसिया, स्लोभेनिया, ग्रिस, भियतनाम, स्वीजरल्याण्ड, आईओए र स्पेनले समान एक–एक स्वर्ण पदक जितेका छन् ।