रियो ओलम्पिकमा अमेरिकाको अग्रता कायमै

एजेन्सी–साउन । ब्राजिलमा जारी रियो ओलम्पिक खेलकुद प्रतियोगितामा २६ स्वर्ण पदक जित्दै अमेरिका शीर्ष स्थानमा कायमै रहेको छ ।

Rio-Olympicsरियो ओलम्पिकमा मंगलबारसम्म अमेरिकाले २६ स्वर्ण, २३ रजत र २६ कास्य गरी कुल ७५ पदक जित्न सफल भएको छ । त्यस्तै, इंग्ल्याण्डले १६ स्वर्ण, १७ रजत र ८ कास्य गरी कुल ४१ पदक जित्दै दोस्रो स्थानमा यथावत् छ । तेस्रो स्थानमा रहेको चीनले भने १५ स्वर्ण, १४ रजत र १७ कास्य गरी कुल ४६ पदक जितिसकेको छ । त्यस्तै, ११ स्वर्ण, १२ रजत र १३ कास्य गरी कुल ३६ पदक जितेको रुस चौथो स्थानमा रहँदा ८ स्वर्ण, ९ रजत र ६ काँस्य सहित कुल २३ पदक जित्दै इटाली पाँचौं स्थानमा उक्लिएको छ ।

यस्तै, समान ८ स्वर्ण जितेको जर्मनी ६ रजत र ६ काँस्य सहित छौंटौ स्थानमा छ । यता, फ्रान्स र जापानले समान सात–सात स्वर्ण पदक जितेका छन् । अष्ट्रेलिया, उत्तर कोरिया र नेदरल्याण्डले भने समान छ–छ स्वर्ण पदक जितेका छन् ।

तपाईको प्रतिक्रिया