सुर्खेत एयरपोर्टमा आधुनिक धमकल ल्याइयो

भदौ १६ । सुर्खेत विमानस्थलमा अत्याधुनिक प्रविधि जडित अग्नि नियन्त्रक यन्त्र (दमकल) ल्याइएको छ । नेपाल नागरिक उड््यsurkhetयन प्राधिकरणले विमानस्थल सञ्चालन भएको पाँच दशकपछि पहिलोपटक आगलागिका घटना नियन्त्रण गर्ने दमकल उपलब्ध गराएको हो । विमानस्थलका प्रमुख विनोदकुमार पन्तले विमानस्थल सञ्चालनमा आएको ५२ वर्षपछि पोर्टेवल टाईप अल्ट्रा हाई प्रेसर फायर भेहिकल पहिलो पटक आएको जानकारी दिनु भयो ।

विमानस्थलमा हुन सक्ने अग्निजन्य दुर्घटनालाई कम गर्न यस आर्थिक वर्षदेखि फायर स्टेशन निर्माण शुरु गरिने विमानस्थलले जनाएको छ । फायर स्टेशन निर्माण हुने वित्तिकै आधुनिक बारुण यन्त्रका लागि आवश्यक सामाग्रीको भण्डारणसंगै दक्ष जनशक्ति परिचालन गरिने बताइएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नती अन्तर्गत मध्यपश्चिमका नेपालगञ्जपछि सुर्खेतमा पहिलो पटक अग्नि नियन्त्रक दमकल पठाएको हो । अष्ट्रियाबाट आयात गरिएको दमकलको मूल्य एक करोड रुपैया भन्दा बढी रहेको छ ।

तपाईको प्रतिक्रिया