असोज २ । पारा ओलम्पिक खेलकुद प्रतियोगिताको पदक तालिकामा अहिलेसम्म चीन शीर्ष स्थानमा कायमै रहेको छ । ब्राजिलको राजधानी रियो दि जेनेरियोमा जारी पारा ओलम्पिक खेलकुदमा चीनले ९४ स्वर्ण, ७४ रजत र ४९ कांस्य गरि कुल २ सय १७ पदक जित्दै शीर्ष स्थानमा रहन सफल भएको हो । त्यस्तै, दोस्रो स्थानमा रहेको ग्रेट ब्रिटेनले ५८ स्वर्ण, ३३ रजत र ३५ कांस्य गरि कुल १ सय २६ पदक जितेको छ । तेस्रो स्थानमा रहेको युक्रेनले ३८ स्वर्ण, ३३ रजत र ३५ कांस्य गरि कुल १ सय ६ पदक जितेको छ । चौथो स्थानमा रहेको अमेरिकाले ३६ स्वर्ण, ३९ रजत र २९ कांस्य गरी कुल एक सय ४ पदक जितेको छ ।
त्यस्तै, अष्ट्रेलियाले १७ स्वर्ण, २६ रजत र २५ कांस्य गरि कुल ६८ पदक जित्दै पाचौं स्थानमा रहेको छ । छैठौं स्थानमा रहेको जर्मनीले १५ स्वर्ण, २१ रजत र १३ कांस्य गरी ४९ पदक जितेको छ । १३ स्वर्ण, १८ रजत र २४ कांस्य पदक जितेको नेदरल्याण्ड सातौ स्थानमा रहेको छ । त्यस्तै, आयोजक ब्राजिल भने आठौं स्थानमा रहेको छ । ब्राजिलले १२ स्वर्ण, २५ रजत र २३ कांस्य गरि कुल ६० पदक जितेको छ । त्यस्तै, न्यूजील्याण्ड र इटाली समान ९–९ स्वर्ण पदक जितेका छन् ।