काठमाडौं–कार्तिक । नेपाल विश्वमै घुम्नै पर्ने १० देशको सूचीमा परेको छ । संसारकै सबैभन्दा बढि विश्वास गरिएको गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको लोन्ली प्लानेटले तयार पारेको सन् २०१७ मा भ्रमण गर्नैपर्ने संसारका उत्कृष्ट १० देशको सूचीमा नेपाल पाँचौ नम्बरमा परेको हो ।
यो सूचीमा दक्षिण एसियाबाट नेपालमात्र परेको छ भने सूचीअनुसार समग्र एसियाबाट नेपाल पहिलो नम्बरमा रहेको छ । त्यस्तै, लोन्ली प्लानेटले आगामी वर्षकै लागि तयार पारेको ‘बेस्ट भ्यालु’ (पर्यटकले खर्च गरेको पैसा खेर नजाने/पर्यटक सन्तुष्ट हुने) १० उत्कृष्ट गन्तव्यको सूचीमा भने नेपाल पहिलो नम्बरमा मै परेको छ । लोन्ली प्लानेटले यो अनुसन्धानमा विश्वका १ सय ९० देशबाट छनोट गरेको उत्कृष्ट १० मा नेपाल पाँचौ स्थानमा परेको हो ।