इराकी सेना पहिलो पटक आइएसको पकड क्षेत्रमा, भिडन्त जारी

एजेन्सी–कार्तिक । इराकी विशेष सुरक्षा फौज विद्रोही संगठन इस्लामिक स्टेट आइएसको पकड मानिने मोशुल शहरमा प्रवेश गरेको छ । इराकी सेना दुई वर्षको अवधिमा पहिलो पटक मोसुलमा प्रवेश गरेको हो ।

Undated handout photo issued by the Ministry of Defence of an air insertion operation mounted by British soldiers and Afghan police, re-establishing government control in an area of Helmand province, Afghanistan. The photo by Sgt Rupert Frere is part of a set that has been named winner of the Professional Op Herrick Portfolio category in the Army Photographic Competition 2015.  PRESS ASSOCIATION Photo. Issue date: Wednesday October 28, 2015. Photo credit should read: Rupert Frere/MoD/Crown copyright/PA Wire NOTE TO EDITORS: This handout photo may only be used in for editorial reporting purposes for the contemporaneous illustration of events, things or the people in the image or facts mentioned in the caption. Reuse of the picture may require further permission from the copyright holder.

सन् २०१४ को जुन महिनादेखि आइएसको नियन्त्रणमा रहेको सरकारी टेलिभिजनको भवनलाई इराकी विशेष फौजले आफ्नो नियन्त्रणमा ल्याएको छ । इराकका प्रधानमन्त्री हैदर अल अबादीले मोसुल शहरभित्र आइएसका ३ देखि ५ हजार विद्रोही लडाकुहरु हुनसक्ने भन्दै विशेष अभियान चलाउन आफ्नो फैजलाई निर्देशन दिनुभएको छ । बलियो पकड रहेको मोशुल शहरबाट आइएसलाई हटाउन दुईसाता यता देखि इराकको सुरक्षा फौज, कुर्द लडाकुहरु, सिया मिलिसिया गरी पाँच हजार लडाकुहरु परिचालित गरिएका छन् ।

मोशुल शहरलाई आइएसको कब्जाबाट मुक्त गर्न दुई सातायता हमला र भीडन्त भैरहेको अन्तर्राष्ट्रि सञ्चार माध्यमले जनाएका छन । इराकी सेनामाथि आइएसका लडाकुले रकेट, तोप, बन्दुक तथा मेसिनगनबाट आक्रमण गरिरहेका छन् भने सेनाले जवाफी कारबाही जारी राखेको छ ।

तपाईको प्रतिक्रिया