एजेन्सी–कार्तिक । एएफ्सी सोलिडारिटी कप फुटबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ । मलेसियामा सुरु भएको प्रतियोगितामा नेपालसहित सात देश सहभागि छन् ।
नेपाली फुटबल टोली उपाधि उचाल्ने लक्ष्य सहित खेलमा सहभागी भएको छ । सात देशको सहभागिता रहने प्रतियोगितामा नेपाललाई उपाधिको दाबेदारका रुपमा हेरिएको छ । नेपाल रहेको समूह ए मा ब्रुनाई र पूर्वी टिमोर रहेका छन् । त्यस्तै, समूह बी मा श्रीलंका, मंगोलिया, मकाउ र लाओस रहेका छन् । सोलिडारिटी कपको पहिलो खेलमा नेपालले शनिबार पूर्वी टिमोरसंग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, दोस्रो खेल नेपालले २३ गते मंगलबार ब्रुनाईसंग खेल्ने छ । समूह ए र बी का बिजेता र उपबिजेता समेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनका खेल कार्तिक २७ गते हुने छन् ।
कार्तिक ३० गते हुने फाइनल खेलले विजेता टोलीको तय गर्नेछ । जापानी प्रशिक्षक ग्योटोकु कोजीले नेपाली फुटबल टोली सम्हालेपछि नेपालले खेल्न लागेको यो पहिलो अन्तराष्ट्रिय प्रतियोगिता हो ।