एजेन्सी । चर्चित भारतीय अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा निधन भएको छ । पुरीको हृदयघातका कारण शुक्रबार मुम्बइस्थित आफ्नै नीजि निवासमा निधन भएको हो । पुरी विभिन्न भारतीय, पाकिस्तानी, बेलायती तथा हलिउड चलचित्रमा अभिनयका लागि प्रख्यात थिए । अक्टोबर १८, १९५० मा हरियाणामा जन्मिएका पुरीले सन् १९७६ मा घासीराम कोट्वाल नामक मराठी फ्लिमबाट अभिनय यात्रा सुरु गरेका थिए ।
पुरी हिन्दी चलचित्रहरु जाने भी दो यारोँ, अर्ध सत्य, मिर्च मसाला तथा अंग्रजी चलचित्रहरु इस्ट इज इस्ट, सिटी अफ जोयलगायतका चलचित्रमा अभिनयका कारण प्रख्यात थिए । पुरीको निधनप्रती बलिउडका विभिन्न हस्तीहरु तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।