हिड्ने गरेको पैताला मुनीको, माटोले बिझायो
सापट लिदै गरि चलाएको, साटोले बिझायो
भविष्य बारे सोच्दै बिसाउथे, त्यो पारि चौतारिमा
हिड्दा हिड्दै, पैताला मुनिको बाटोले बिझायो
हौसला हुदा जिन्दगीमा, कोही बहार बनेर रह्यौ
माया न भविष्य बन्यो,हाम्रो तेही फाटोले बिझायो
जे भोगाई हिजोको, एउटा अतित मानपटलमा
शब्दमै अल्झिदा,अक्षरका तिनै टाटोले विझायो
म खुसी अबोध ति तिनै, शब्दजालहरूमा
साथ सगै बिताएका, जिन्दगीको पाटोले बिझायो
– सन्तोष तिमिल्सिना