सरकारले पौडी खेलको स्तरोन्तीमा पहल लिनुपर्छ : मुख्य प्रशिक्षक शंकर कार्की

शंकर कार्की राष्ट्रिय खेलकूद परिषद्का प्रमुख पौडी प्रशिक्षक हुन् । परिवारका तीन पुस्ता नै पौडी खेलमा आवद्ध भएका कार्कीसँग पौडी खेलको विषयमा राम्रो अनुभव छ । केही समय अगाडि सम्म पौडी प्रशिक्षक मात्र रहेका कार्कीको जिम्मेवारी मुख्य प्रशिक्षक भएसँगै झनै थपिएको छ । नेपालमा पौडी खेलको क्रमिक विकास हुँदै छ । अहिले अधिकांश निजी विद्यालयले पौडी खेललाई पनि प्राथामिकता दिदै आएका छन् ।

विद्यालय स्तरमा पौडी खेलको विकास हुदै जानुको पछाडी पनि मुख्य प्रशिक्षक कार्कीको ठूलो योग्दान रहँदै आएको छ । कार्कीले विद्यालयस्तर बाट नै पौडी खेलको विकास हुनुपर्छ भनेर अभियान चलाएका थिए । नभन्दै पछिल्लो समय यो अभियानले ब्यापकता समेत पायो । मुख्य प्रशिक्षक नेपालमा क्रमिक रूपले पौडी क्षेत्रको विकास हुँदै गएपनि पूर्वाधारको अभाव, राज्यले खेलकूद क्षेत्रलाइ दिएको कम प्राथमिकता जस्ता कारणले पौडी खेलको पनि समयानुकूल विकास हुन नसकेको ठान्छन् । उनी भन्छन् ‘नेपालमा पौडी खेलको विकास हुँदै नभएको होइन, तर जुन गतिमा हुनुपर्थो त्यो अनुसार चाहि नभएको हो, अब सरकारले अन्य खेलसँगसँगै पौडी खेलको स्तरोन्तीमा पहल लिनुपर्दछ’ ।

पौडी प्रशिक्षक कार्कीका अनुसार पौडी खेल सुरक्षा र स्वास्थ्यका दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण छ । नेपाल जस्तो नदी, खोला र ताल धरै भएको देशमा हरेक नेपालीसँग पौडी खेल्न सक्ने ज्ञान भए यसले भइपरी आउने घटनाबाट पनि बचाउने काकीर्को तर्क छ । यति मात्र नभई पौडी खेलले मानसिलाई स्वस्थ र तन्दुरूस्त राख्न समेत महत्वपूर्ण भूमिका खेल्न सक्ने कार्कीको तर्क छ । हाल काठमाडौं उपत्यका र शहरी क्षेत्रमा मात्र बढि प्रचलनमा रहेको पौडी खेललाई देशब्यापी रूपमा विस्तार गर्नुपर्नेमा कार्कीको जोड छ । हरेक विद्यालयले विद्यार्थीलाई सानै उमेरबाट पौडी खेलमा आवद्ध गराएमा मात्र भोलीका दिनमा यस खेलसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादन हुने उनको धारणा छ ।

तपाईको प्रतिक्रिया