म्यानमारको झडपमा ठूलो मानविय क्षति

एजेन्सी । म्यानमारमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा ९० भन्दा बढिको संख्यामा मानवीय क्षति भएको बीबीसीले जनाएको छ । शनिबार ‘आर्मड फोर्सज डे’ को दिन भएको झडपमा सुरक्षा बलले चलाएको गोली लागि ९० भन्दा जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

तर अहिलेसम्म मृतकको संख्या यकिन हुन सकेको छैन सेना प्रमुख आङ लाइङले शनिबार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै लोकतन्त्रको रक्षा गर्ने र देशमा चुनाव गराउने बताएका छन् । तर चुनाव कहिले हुने बारे उनले केही खुलाएनन् ।

तपाईको प्रतिक्रिया