सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाई हुने

नेहा शर्मा

बैशाख ८, काठमाडौँ- सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र इश्वरप्रसाद खतिवडा रहेका छन् ।

सापकोटालाई बि.स. २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट अर्जुन लामालाई अपहरण गरी हत्या गरिएको भन्ने घटनामा संलग्न भएको दाबी गर्दै पूर्णीमा लामाले दिएको निवेदन उपर सुनुवाइ हुन लागेको हो ।

तपाईको प्रतिक्रिया