काठमाडौँ- चलचित्र ‘डाँडाको वर-पिपल’ को यही असोज २६ गते (फूलपाती)बाट प्रदर्शनमा आउने भएको छ। जातका कारण एक प्रेम जोडीले भोग्नु परेको दुःखलाई प्रस्तुत गर्ने शैलीमा तयारी भएको चलचित्रको ट्रेलरमा प्रेम, रोमान्स र एक्सनलगायतका दृश्य समेटिएका छन् ।
शोभित बस्नेतले निर्देशनमा बनेको यो चलचित्रमा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञानकुमार कटेल छन्।
बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा नवराज गिरीको लगानी रहेको छ। रामकाजी घिमिरेको लेखन रहेको यो चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया र एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको एक्सन, गोविन्द राई, रामजी लामिछानेको कोरियोग्राफी, नवराज गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन छ ।
चलचित्रका निर्देशक शोभित बस्नेतले चलचित्र रिलिज गर्ने आँट कसैले नगरेको समयमा आफूले यो चलचित्र रिलिज गर्न लागेको बताउँदै सबैको साथ र सहयोगको अपेक्षा गरे।
बिश्वब्यापी कोरोना महामारीको बन्दाबन्दि पछी नेपालीहलमा प्रदशर्न हुन लागेको पहिलो नेपाली चलचित्र डाँडाको वर-पिपल हो ।