भारतमा चौथो व्यक्तिमा पनि देखियो नयाँ भेरियन्ट ‘ओमिक्रोन’

काठमाडौँ- भारतमा अर्को एक जनामा पनि कोभिड-१९ को नयाँ  भेरियन्ट ओमिक्रोन देखिएको छ । राजधानी नयाँ दिल्लीमा पहिलो पटक एक जनामा संक्रमण पुष्टी भएको भारतीय संचार माध्ययले जनाएका छन्। यो संगै भारतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण पुष्टी हुनेको संख्या ४ पुगेको छ।

गत नोभेम्बर २३ मा अफ्रिकी मुलुक तान्जानीयाबाट आएका ३३ बर्षीयको पुरुषको दिल्लीको विमानस्थलमा कोरोना परिक्षणका लागि नमुना दिएका थिए। 

भारतमा ओमिक्रोन भेरियन्टको पहिले केस कर्नाटक र गुजरातमा देखिएको थियो।


 

तपाईको प्रतिक्रिया