कुजु नेपाल प्रालिको प्राविधिक सहयोगमा शुभयात्रा विश्व साइकल अभियान शुरू

काठमाडौं । जलवायु परिवर्तनले विश्वब्यापी रूपमा प्राणी जगतमा पारेको असर न्यूनीकरणमा जनचेतना फैलाउने उदेश्यले पूर्व एडिभिजन लिगका खेलाडी शुभप्रसाद शर्माले विश्व साइकल यात्रा आरम्भ गरेका छन् । शर्माले साइकल मार्फत नेपालको झण्डा बोकेर भारत, बंगलादेश, म्यानमार, लावस, कम्बोडिया, भियतनाम, थाइल्याण्ड, मलेसिया, सिंगारपुर हुँदै अन्य देशको यात्रा तय गर्नेछन् ।

विश्व साइकल यात्रामार्फत भ्रमण गर्ने देशका विद्यालयका विद्यार्थी सहित सरोकारवालासँग जलवायु परिवर्तनले पार्ने प्रभावका विषयमा अन्तक्रिया गर्ने योजना शर्माको छ । पूर्व स्थानीय जनप्रतिनिधि समेत रहेका शर्माले कुजु नेपाल प्रा.लि. को भगिनी संस्था याडिया माउन्टेन बाइकको नेपाल स्थिति अधिकृत विक्रेताको प्राविधिक सहयोगमा विश्वयात्रा आरम्भ गरेका हुन् ।

कुजु नेपालले शर्मालाई दुई लाख भन्दा बढि मूल्य पर्ने माउण्टेन बाइकको एक सेट इन्जिन र चार्जिङ ब्याट्री उपलब्ध गराएको हो । कुजु नेपालबाटै शर्माले माउण्टेन बाइक सम्बन्धी मर्मत सम्भार तालिम पनि लिइसकेका छन् ।

तपाईको प्रतिक्रिया