बैशाख १ गते यात्रा आरम्भ गरेका शुभले हरेक देशमा वृक्षारोपण गर्ने र विद्यालयका विद्यार्थर्ीलाई जलबायु परिवर्तन यसका प्रभाव बारे क्लास लिने योजजा थप सशक्त बनाएर लैजाने तयारी समेत गरेका छन् । मानव विकासका नाममा प्रकृतिलाई चूनौती दिएर गरिएका कार्यले मानव जीवनलाई खतरा बन्ने परिस्थिति सृजना भएको भन्दै विकास र प्रकृतिको बीचको सन्तुलन बारे हरेक मानिसलाई ज्ञान हुनुपर्ने उनको बुझाइ छ । मानवीय भलाईका लागि गरिएका सकरात्मक कार्यक्रमा शुभले यात्रा अवधिका लागि वाताबरण सम्बद्ध संघ संस्थासँग पनि आर्थिक र प्राविधिक सहयोग अपेक्षा गरेका छन् ।