इंग्ल्याण्डले जित्यो टी–२० विश्वकप उपाधि, पाकिस्थानले गुमायो अवसर

काठमाडौं । इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ । बेन स्टोक्सको अविजित अर्धशतकीय योगदानको सहायताले इंग्ल्याण्डले पाकिस्तानमाथि ५ विकेटको जित रच्दै टी–२० विश्वकप जितेको हो । स्टोक्सले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे । इंग्ल्याण्डका लागि विश्वकपमा स्टोक्सको दोस्रोपल्ट निर्णायक प्रदर्शन हो ।

यसअघि सन् २०१० मा उपाधि जितेको थियो । मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्याण्डले एक ओभर बाँकी छँदै पूरा गरी इतिहास रच्दा पाकिस्थानले दोस्रो पटक आईसीसी टी–२० जित्नबाट चुकेको हो ।

तपाईको प्रतिक्रिया