विकल्प विना नै पोखराको प्याराग्लाइडिङ बन्द

पोखरा । प्याराग्लाइडिङको हब भनेर परिचत पोखरामा व्यवसायिक प्याराग्लाइडिङ बन्द भएको छ । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै उचित विकल्प विना नै प्याराग्लाडिङ बन्द गर्ने निर्णय सरकारले गरेको हो । यद्यपी कास्कीको मान्द्रेढुङ्गाबाट भने सिमित समय र सिमित संख्यामा उडान गर्न सक्ने व्यवस्था भने सरकारले खुल्ला नै राखेको छ । तर व्यवसायिक उडान सञ्चालन गर्दै आएका कम्पनीलाई यो विकल्प सन्तोषजनक भने छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको कन्ट्रोल स्पेशभित्र प्याराग्लाइडिङ बन्द गराउने निर्णय गरेको हो । प्याराग्लाइडिङका मुख्य केन्द्र बन्द भएपछि यो व्यवसाय नै संकटमा परेको छ । सरकारले अन्यत्र उपयुक्त व्यवस्था गर्ने भनेपनि यसले आजका दिनसम्म मूर्त रूप लिन सकेको छैन ।

तपाईको प्रतिक्रिया