काठमाडौं– उच्च अदालत पाटनले राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछाने २० लाख धरौटीमा रिहा भएसँगै उनलाई पुन राष्ट्रिय टिमको कप्तानमा नियुक्त गर्न माग गरिएको छ ।
खासगरी लामिछानेका कानून व्यवसायी र उनका समर्थकहरू उनलाई पूर्ववत जिम्मेवारीमा नियुक्त गर्न माग गरेका हुन् । बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत विभिन्न शर्त सहित हिजो रिहा गर्न आदेश दिएको थियो ।