टर्की र सिरियाको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

काठमाडौं । गएको सोमबार बिहान टर्की र सिमाना जोडिएको सिरियाको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ ।

टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर गएको भूकम्पमा परि टर्कीका १२ हजार ३ सय ९१ र सिरियाका २ हजार ९ सय ९२ जनाले ज्यान गुमाएका छन् ।

७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्कीमा मात्र ४० हजार भन्दा बढि घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया