नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य 

काठमाडौं–आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम श्रृङखलमा दोस्रो खेलमा नेपालले यूएईलाई जितका लागि २ सय ४९ रनको लक्ष्य दिएको छ ।

त्रि वि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ४ बल बा“की छँदै सबै विकेट गुमाएर २४८ रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाएका थिए । आठौं अर्धशतक प्रहार गरेका रोहित नेपालबाट सर्वाधिक एक दिवसीय अर्धसतक बनाउने खेलाडी पनि बनेका छन् ।

तपाईको प्रतिक्रिया