शिक्षक आन्दोलनले काठमाडौंको आवात जावत प्रभावित

काठमाडौं । हालसालै सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा १८ बुँदे असहमति जनाउँदै शिक्षकहरूले विद्यालय नै बन्द गरी काठमाडौंमा आन्दोलन चर्काएपछि यातयात र सर्वसाधारणको आवात जावतमा सास्ती बढेको छ ।

देशभरबाट माइतीघरमा आई भेला भएका शिक्षकहरूले विहीबार पनि पूर्वघोषित आन्दोलनलाई यतावत राखेपछि काठमाडौंको मुख्य सडक माइतीघर र नयाँ बानेश्वर क्षेत्र ठप्प भएपछि यसको असर काठमाडौं उपत्यकाभर चल्ने सवारी साधान र हिडडुल गर्ने सर्वसाधारणलाई परेको हो ।

विहान १० बजेदेखि आन्दोलन शुरू भएदेखि थापाथली, बबरमल, अनामनगर, बानेश्वर, कोटेश्वर क्षेत्रको आवत जावत ब्यापक मात्रामा प्रभावित भएको हो ।

तपाईको प्रतिक्रिया