काठमाडौं । चीनको जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटतर्फको क्वाटरफाइनलमा भारतले नेपाललाई २०३ रनको चूनौती दिएको छ । हान्झाउस्थित जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रनको योगफल बनाएको हो ।