निरन्तर क्यान्सर सचेतनामा नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टर

ललितपुर । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लिमिटेडले क्यान्सर सचेतनाका लागि विगत बर्ष जस्तै यस बर्षपनि दीप प्रज्ज्वलन गरेको छ । हरेक बर्षको अक्टोबरलाई स्तन क्यान्सर विरूद्धको महिनाको रूपमा मनाइन्छ ।

सोही अनुरूप हस्पिटलले ‘पिंक क्यान्डल लाइट इभेन्ट’ को आयोजना गरेको हो । उपचारका लागि सहयोगी हातहरु तथा नेपाल क्यान्सर सपोर्ट गु्रपको समेत सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर सुदिप श्रेष्ठ लगायतका चिकित्सक, स्तन क्यान्सर सर्भाइभर, कर्मचारी लगायतको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया