सिफल खेलकूद प्रतिष्ठान र भूमन्यू द जुनियर क्लबद्वारा प्रमाणपत्र वितरण तथा कराते प्रतियोगीता सम्पन्न

काठमाडौं । सिफल खेलकूद प्रतिष्ठान ( क्लब) ले १६ प्रशिक्षार्थीलाई बल्याक र १२ प्रशिक्षार्थीलाई यलो बेल्टको प्रमाण पत्र प्रदान गरेको छ । भूूमन्यू जुनियर क्लब र सिफल खेलकूद प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्यक्रमा प्रमुख अथिति काठमाडौं महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रामकृष्ण श्रेष्ठ र कार्यक्रमका सभापति बाथ रोग विशेषज्ञ डाक्टर विनित बैद्यले प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

कार्यक्रममा दीपेश थापा, साजन श्रेष्ठ, कृष्ण तमाङ, दीप राजबहाक, यूभन महर्जन, युभिन महर्जन, सुभमनाथ चापागाईँ, सुदिप हुमागाईँ, कमली पाहारी, कविता पाहारी, दिवान्सी न्यौपाने, श्रीयुक्त अधिकारी, प्रतिक कुँवर, मनिस्का श्रेष्ठ, मोहिता भण्डारी र सायल तमाङलाई बल्याक बेल्टको प्रमाणपत्र प्रदान गरिएको हो । त्यस्तै, आयुषी दत्त, भनि शर्मा, बर्षा श्रेष्ठ, अक्षत अर्याल, आरविन तण्डुकार, आरब दत्त, जेनिसा खत्रि, सबि मैनाली, आदर्श श्रेष्ठ, विज्रा बैद्य, निभय राजभण्डारी, सामिन घले श्रीयासराज शमालाई यलो बेल्टको प्रमाणपत्र प्रदान गरिएको हो ।

त्यसैगरी सानिया जैन र सुुवेच्छा जैनलाई ग्रीन बेल्ट प्रदान गरिएको प्रतिष्ठान ( क्लब ) का अध्यक्ष शिला खड्गीले नेपाल परिक्रमालाई जानकारी दिनुभयो । शनिबार नै भूूमन्य जुनियर क्लबको आयोजनामा पहिलो भूमन्यू इन्टर स्कुल कराते प्रतियोगितामा सम्पन्न भएको छ । प्रतियोगीतामा भूमन्यू जुनियर क्लबकातर्फबाट विज्रा बैद्य, समिर घले, अक्षेप अर्याल प्रथम र सिफल खेलकूद प्रतिष्ठानका तर्फबाट साजन श्रेष्ठ, दीपराज बहक, कृष्ण तमाङ, समराट भट्टराई प्रथम भएका छन् ।

कार्यक्रलाई भूमन्यू जुनियर क्लबका संयोजक डा. पूजाराज भण्डारी संयोजन गर्नुभएको थियो प्रिन्सिपल सरिना बनले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा एशियन कराते संघका महासचिव वीआर मित्र, नेपाल सितोरियो कराते संघका पूर्व सदस्य इन्द्रब्रजाचार्य, राखेपका पूर्व बोर्ड सदस्य रेशम लामाको पनि सहभागीता थियो ।

तपाईको प्रतिक्रिया