फ्रान्समा तेस्रो चरणको लकडाउन घोषणा, स्कुल तीन साताका लागि बन्द

चैत्र १९, एजेन्सी- कोरोनाभाइरसको संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेपछि फ्रान्सका स्कुलहरु कम्तिमा तीन हप्ताको लागि बन्द हुने भएका छन् ।

बुधबार राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै फ्रान्सका राष्ट्रपति एमान्युल म्याक्रोंले देशैभरि लकडाउन घोषणा गरेका छन्। फ्रान्समा यो तेस्रो चरणको लकडाउन हो । अप्रिल ३ देखि १ महिनाको लागि कडाउन गर्ने भएको छ ।

फ्रान्समा ४४ लाख ६५ हजार बढि संक्रमित भएका थिए भने ९५ हजार माथिको मृत्यु भईसकेको छ । करिब ४३ लाख सक्रिय संक्रमित रहेका छन् । अहिले फ्रान्समा दैनिक औसतमा ४० हजार कोरोना संक्रमित थपिने गरेका छन्।

तपाईको प्रतिक्रिया