कठमडौं–चैत १३ । नेपाली कांग्रेसभित्र यतिबेला पार्टी संसदीय दलको नेता को बन्ने भन्ने विवाद रहेको छ । पार्टीको १३ औं महाधिवेशनबाट पार्टी सभापतिमा बरिष्ठ नेता शेरबहादुर देउवा निर्वाचित भएपनि संसदीय दलको नेता को बन्ने भन्ने विषयमा विवाद देखिएको हो । पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेले संसदीय दलको नेता बन्ने होडमा छन् । सहमतिमा संसदीय दलको नेता छनोट हुने सम्भावना टरेपछि नवनिर्वाचित कार्यसमितिको केन्द्रीय समितिको पहिलो बैठकले संसदीय दलको नेता छनोटका लागि निर्वाचन समिति नै गठन गरी चुनावको तयारी गरिरहेको छ । पार्टी महाधिवेशन सकिएलगत्तै नेपाली कांग्रेस संसदीय दलको चुनावमा केन्द्रित भएको छ । महाधिवेशनबाट पार्टीको सत्ता हत्याएका देउवा संसदीय दलको नेता पनि अरूलाई छाड्ने मुडमा देखिदैनन् । देउवा समूहमा उनको नाममा कुनै विवाद पनि देखिएको छैन । संसदीय दलको नेता मात्रै भावि प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्ने प्रावधान कांग्रेसमा भएकाले देउवा र पौडेलवीच संसदीय दलको नेताका लागि प्रतिष्प्रधा हुने भएको हो । संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र बरिष्ठ नेतावीच प्रतिष्प्रधा हुने पक्कापक्की भएपछि यतिबेला पौडेल पक्षधर नेचाहरूले रामचन्द्र पौडेललाई संसदीय दलको नेता बनाउन लविङ गरिरहेका छन् । शुरूमा पौडेल समूहबाट पनि सभापतिको चुनावमा जस्तै संसदीय दलको चुनावमा पनि अन्य आकांक्षी देखिएपनि पछिल्लो सयम बरिष्ठ नेता पौडेल मात्र संसदीय दलको नेताको लागि भीड्ने देखिएको छ ।