काठमाडौँ- म्यानमारको अदालतले प्रजातन्त्रवादी आङ सान सुकीलाई चार वर्षको जेल सजाय सुनाएको छ। उनीमाथि सार्वजनिक अशान्ति फैलाएको र कोभिड-१९ नियम उल्लंघन गरेको गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाएको अन्तराष्ट्रिय संचार माध्ययमले जनाएका छन्।
७६ वर्षीया सुकी बिरुद्द भ्रष्टाचारलगायतका एक दर्जन आरोपको लगाईएको छ।
गत बर्षको नोभेम्बरमा भएको आम निर्वाचनमा सुकीको पार्टीले विजय हासिल गरेको थियो । तर सेनाले आमनिर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै सत्ता कब्जा गरेको थियो । त्यस्तै, गत फेब्रअरी सैनिक कु मार्फत सेनाले सुकीलाई पदबाट हटाएको थियो ।