काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी माथि आक्रोस पोखेका छन्।
बोर्डको २३ औं स्थापना दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले कार्यकारी रेग्मीलाई सीईओ बनाएर संस्था नचल्ने बताएका छन् । ‘केही कुरा तपाईंहरूका मागका विषयमा छलफलमा हुँदा पनि बोर्ड सदस्यले यस्तो नगरौं संस्था डुब्छ भन्दा “आज तपाईँ धेरै रिसाउनुभयो जाउँ हिँड्नु रक्सी खान “भन्ने साँढेलाई सिइओ बनाए भने बोर्ड चल्छ ?’ उनले भने ।
म यहाँ बाट लन्डनको कार्यक्रममा गएँ । ‘म लन्डन जाँदै जान्न भन्दा जबर्जस्ती लगेर गयो, त्यो फोरममा मलाई बोल्ने इच्छा थियो, तर त्यो साँढेले बोल्ने कार्यक्रम छैन भन्यो, त्यहाँ सबै देशका मन्त्रीहरु टेबलमा बसेर पर्यटन प्रवर्धनको बिषयमा कुरा गरे । त्यहाँ बाट लन्डन गएँ दूतावासमा राखिदियो, न गाडी छ, खाना आफैं खोजेर खानुपर्ने,’ मन्त्री आलेले भने ।
उनलेआफूलाई खरिद गर्छु भनेर नसोच्न सिइओ रेग्मीलाई मन्त्री आलेले चेतावनी समेत दिए ।