काठमाडौँ- सरकारले नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने कार्य तत्कालका लागि राेक्न निर्देशन दिएको छ।
नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै निर्माणको काम रोक्न निर्देशन दिएको हो ।
पत्रमा भनिएको छ ‘ सञ्चारमाध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ,’ ।