पोखरा– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पूरा भएसँगै यान्त्रिक उडान परीक्षण (क्यालिब्रेसन फ्लाइट) का लागि एरो थाइ कम्पनीको जहाज पोखरा आइपुगेको छ । शनिबार पोखरा अवतरण गरेको जहाजले मंसिर ५ देखि १२ गतेसम्म परीक्षण उडान गर्नेछ ।
यो विमानले बिहान १० बजेदेखि १ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साढे ५ बजेसम्म क्यालिब्रेसन फ्लाइट गर्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको छ ।