टर्की र सिरियामा भूकम्पबाट मुत्यु हुनेको संख्या २८ हजार नाघ्यो

 

एजेन्सी– गएको सोमबार टर्की र सिमाना जोडिएको सिरयामा गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परि ज्याज गुमाउनेको संख्या २८ हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

भूकम्पबाट टर्कीमा २४ हजार ७ सय भन्दा बढि र सिरियामा ३ हजार ५ सय भन्दा बढिले ज्यान गुमाएको सरकारी अधिकारीहरूले बताएको बीबीसीमा उल्लेख छ ।

अझै पनि भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्दारको काम जारी नै रहकाले मृतक र घाइतेको संख्या अझै ठूलो हुन सक्ने अनुमान गरिएको छ । हालसम्मको तथ्याङ्क दुवै देशमा भूकम्पमा परि ५० हजार भन्दा बढि घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया